दफा १००
लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा
कसैले दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आपूmले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, भूmट्टो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पु¥याउन हुँदैन ।